म्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १५:११:३९
११ जेठ, काठमाडौं । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्यूजिकल पोइट्री सार्वजनिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।
थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो । 'नेपालमै पहिलोपटक हामीले फरक तरिकालेगरेका छौ । मैले अभिनयमा वेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।' कलाकार बास्कोटाले भने ।
पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको उक्त पोइट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय रहेको छ । भिडिओको छायांकन योगेश दाहालले गरेका छन् भने श्रृङ्गार बिक्रम गौतमको रहेको छ ।
कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोजेका छन् । यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ । अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ । पोइट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार