भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १५:४०:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/chatis_91CyTBKjAV_udIhgbX3Mu.jpg)
११ जेठ, काठमाडौं । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेशन सुरु गरेका थिए ।
बिहीबार दिनभर भिडन्त जारी रहेको र दुवै पक्षबाट बेलाबेलामा गोली हानाहान भएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले घटनास्थलबाट शंकास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो । यस अपरेशनमा संलग्न करिब एक हजार सैनिकले क्षेत्रलाई चारैतिरबाट घेरेका थिए ।
शुक्रबार बिहान सुरक्षाकर्मीले अर्का एक संदिग्ध माओवादीको शव फेला पारेको बताए । यसरी मारिनेको संख्या आठ पुगेको छ । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् ।
विगत केही महिनादेखि छत्तीसगढमा संदिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । गत महिना अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो ।
त्यस्तै, वैशाख १६ गते काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ । नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठूलो संख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि ३० अप्रिलमा ताकामेटामा १० माओवादी र यही मे १० मा पेडियामा १२ माओवादी मारेको दाबी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरे एक शीर्ष कमाण्डर
असार ११, २०८१ मंगलबार
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार