सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोज्यो : महामन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १६:२:३१
११ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताए ।
उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरेका छन् । शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे ।
मिडिया हाउसका सञ्चालनको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुई वटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आएपनि गिरफ्तार नगरिएको उनको भनाइ छ । उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए ।
उनले गिरिबन्धु प्रकरणमा पनि छानबिन समिति बनाउन सुझाव दिए । शर्माले गृहमन्त्रीले आरोप लगाएका कांग्रेसका सवै नेता, परिवार लगाएमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए ।
गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै उनले सबैमाथि छानबिन गर्न तयार रहेको बताए । ‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि महामन्त्रीमाथि ? दाजुमाथि हो कि भाउजूमाथि ? प्रत्येकमाथि छानबिन गर्नुस्’ उनले भने, ‘नाम, थर गोत्र लेख्नुस् । माइतीपट्टी पनि लेख्नुस्, ससुराली पनि लेख्नुस् । हाम्रो आपत्ति छैन ।’
२०४६ साल पछाडि सरकार गएकाहरूमाथि छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूले संसद्मै प्रस्ताव दर्ता गरेको उनले स्मरण गरे । ‘कांग्रेसको प्रत्येकमाथि छानबिन गर्न माग गर्न म उभिएको छु’ उनले भने, ‘छानबिन गर्दा कोही दोषी देखियो भने उहाँ जेल जानुहुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार