अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १७:४६:२५
११ जेठ, काठमाडौं । ग्यासको मूल्यमा गिरावट आएपछि अप्रिलमा जापानी मुद्रास्फितिको गति सुस्त भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
अस्थिर ताजा खाद्यसामग्रीको मूल्यबाहेक उपभोक्ता मूल्य सूचकाङ्क २.२ प्रतिशतमा आएको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले मार्चमा उक्त दर २.६ प्रतिशत मापन गरेको थियो ।
यो आँकडा बजारको अपेक्षा अनुरूप थियो र कमजोर येनले आयातित वस्तुको लागि मूल्य वृद्धि गर्दा पनि आउँछ । ब्लुमबर्ग इकोनोमिक्सका तारो किमुराले भने, “यो आँकडाले उपभोक्ताको सुस्त मागको प्रतिक्रियामा कम्पनीहरूले मूल्य वृद्धिलाई नियन्त्रण गर्ने कदमलाई प्रतिबिम्बित गर्दछ ।”
“तर खूद मापन अझै पनि बैंक अफ जापानको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ र पछिल्लो तथ्याङ्कले केन्द्रीय बैंकलाई नीति सामान्यीकरण गर्नबाट रोक्ने सम्भावना छैन,” विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राज्य अमेरिका र अन्य प्रमुख अर्थव्यवस्थाहरूले हालैका वर्षहरूमा आकाशिएको मुद्रास्फीतिको सामना गरेपनि जापानमा मूल्य वृद्धि न्यून देखिएको छ ।
बैंक अफ जापानको लामो समयदेखिको अति निस्क्रिय मौद्रिक नीतिहरू विश्वको चौथो अर्थव्यवस्थाका रूपमा चिनिने जापानबाट स्थिरता र अपस्फीतिलाई हटाउनको लागि अपनाइएको कदम थियो ।
यसले युक्रेन रूसले थालेको युद्धजस्ता अस्थिर, अस्थायी कारकहरूको कारण मुद्रास्फीतिको विपरीत, दुई प्रतिशतको दिगो मागद्वारा परिचालित मुद्रास्फीतिलाई लक्षित गरिरहेको छ ।
किमुराले भने, “केन्द्रीय बैंक एक सदाचारी श्रममूल्य चक्रले भविष्यमा मुद्रास्फीतिलाई बढावा दिनेछ । ज्यालामा वृद्धिले बैङ्कका अधिकारीहरूले माग गरेको दिगो मुद्रास्फीतिलाई साकार पार्न मद्दत पु¥याउँछ ।
उनले भने, “उपयोगिता शुल्कमा अपेक्षित वृद्धिले आगामी महिनाहरूमा मुद्रास्फीतिको आँकडालाई पनि बढाउनेछ, जुलाई र अक्टोबरमा बैङ्कले दर वृद्धिको लागि राम्रो अवस्था प्राप्त गर्नेछ ।”
कमजोर येन जापानी निर्यातक र विदेशी आगन्तुकहरूको लागि राम्रो देखिएको छ, तर यसले बाह्य पर्यटकहरूको लागि आयात र विदेशी यात्रालाई अधिक महँगो बनाउँनेछ । ताजा खाना र ऊर्जा दुवैलाई अलग गर्दै, मूल्यहरू मार्चको २.९ प्रतिशतबाट तल झरी अप्रिलमा २.४ प्रतिशत कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार