जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १८:१०:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/jovi_eQxaFl86u1_ISTbKPcl3i.jpg)
११ जेठ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो ।
जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला लिगाको सेभियाविरुद्धको अन्तिम खेल हुने भएको छ । यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।
तर केहि साता अघि मात्र प्रेसिडेन्ट जोन लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । त्यसपछि जाभीको बार्सिलोनाका कैयौं खेलाडीसँग असमझदारी बढेपछि व्यवस्थापनले उनलाई बर्खास्त गरेको बताइएको छ ।
२०२१ को नोभेम्बर ६ मा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीको नेतृत्वमा बार्सिलोनाले १४१ खेल खेलेको छ भने ८८ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको छ । त्यस्तै २९ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा बार्सिलोनाले २०२२-२३ को ला लिगा जितेको थियो भने २०२२-२३ को स्पेनिस सुपर कोपा जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै
असार १०, २०८१ सोमबार
नाक भाँचिएका एम्बाप्पेले मास्क लगाएर खेल्ने
असार ४, २०८१ मंगलबार
युरोकप आज रातिदेखि सुरु हुँदै, उद्घाटनमा आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार