गृहमन्त्रीले लगाएको आरोप र लाञ्छनाबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १८:३९:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/top-leader-1024x554_8aQ8VJMKgc_lLaia4bxNT.jpg)
११ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा पार्टीले उठाएका विषयलाई सम्बोधन हुने गरि नै संसदीय छानविन समिति बनाउनुपर्ने जनाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले मूलभुत रुपमा आफुहरुले उठाएका विषयलाई सम्बोधन हुने गरि छानबिन समिति बनाउनुपर्ने भन्दै भाषा जस्तोसुकै राखेपनि फरक नपर्ने जनाएको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनका बिषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबाट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको देखिएको भन्दै उक्त सहकारीका साथै सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको बिषयमा छानबिन हुन जरुरी रहेको बताए ।
छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्ने भन्दै उनले भाषाले कुनै फरक नपर्ने जिकिर गरे । त्यस्तै लेखकले कैलाश सिरोहिया पक्राउ शैलीको विरोध गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
संसदमा गृहमन्त्रीले कांग्रेसप्रति लगाएको आरोप र लाञ्छनाका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै उनले दुवै विषयमा प्रधानमन्त्रीको जवाफ चाहेको लेखकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
प्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार