‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १९:५२:३
११ जेठ, काठमाडौं । मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जनसम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएकाहरूले सरकारसँग त्यस्तो माग गरेका हुन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले कृषि दासताबाट मुक्त भए पनि चरम गरिबी र अभाव पूर्ण जीवनयापन गरिरहेका भए पनि ती समुदायको समस्या सम्बोधन नभएको गुनासो गरे । उनले आफूहरूले सरकारसँग विभिन्न ११ बुँदे माग राखेका र आगामी आव २०८१/८२ को बजेटमार्फत माग सम्बोधन गर्न आग्रह गरे ।
वि.सं २०७८ सालमा अधिकारकर्मी श्याम श्रेष्ठको अध्यक्षतामा गठित मुक्त कमैया, हलिया, कमलरी तथा हरुवाचरुवा वस्तुस्थिति अध्ययन समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा उनीहरूको जोड थियो ।
“भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरुवाचरुवा पुनःस्थापनाका लागि तयार पारेको पुनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं”, मुक्त कमैया समाज कैलालीका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने,“त्यसका अतिरिक्त सरकारले मुक्तिको घोषणा गरिएका हामी सबै समुदायका समस्या समाधानका लागि एकीकृत ऐन जारी गरी पुनःस्थापना कार्य अगाडि बढाउन आवश्यक छ । यसका लागि पनि सरकारसँग आग्रह छ ।”
त्यस अवसरमा राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपालका उपाध्यक्ष श्याम सुनार, मुक्त कमैया महिला विकास मञ्च कैलालीका अध्यक्ष सीमा चौधरी, मुक्त कमलरी विकास मञ्च दाङका हिरामोति चौधरी लगायतले आफूहरूका माग र मुद्दा सम्बोधन गर्न धेरै ढिला भइसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चितता गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार