सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार २१:५:३४
११ जेठ, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूबीच संसदको गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रमुख दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिए । बैठकमा संघीय संसदको गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टिओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उनले बताए ।
“आजको बैठकमा छलफल सकारात्मक भएको छ”, प्रमुख सचेतक बर्तौलाले भने, “नेपाली कांग्रेस सकारात्मक रुपमा प्रस्तुत भएको छ । संसदको गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टिओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ–आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो ।” उनले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टिओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझादरी भएको बताए ।
“संसदीय छानबिन समितिको गरिमा मर्ने गरी, ओझ नै नपुग्ने गरी समिति बनाउने र नाम नै किटान गरेर टिओआर दिनु राम्रो हुँदैन भन्ने सुझाव राख्यौं । त्यसका लागि छलफल गर्छौं । नेपाली कांग्रेसले सहजीकरण गर्ने पाटोमा भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ”, प्रमुख सचेतक बर्तौलाले भने।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताए । “सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ । उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरि नै रहनुभएको छ, त्यसबारे टुङ्गो लगाउन आजको बैठकमा छलफल भएको छ”, उनले भने ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरु सहभागी थिए । a
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
प्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार