इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार २१:२६:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/art_iran_lalitpur1_4e5rBKVuEq_b3aR6q5mjy.jpg)
११ जेठ, काठमाडौं । ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देज पूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् । त्यस अवसरमा उनले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताए ।
“खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्”, उनले भने, “यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।” उनले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतारेका छन् ।
‘एमक्यु ग्यालरी’ का प्रमुख मनिष लाल श्रेष्ठले विदेशी एवं स्वदेशी कलाकारलाई प्रत्येक महिना कला सिर्जना गराउँदै आएको र यही क्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिए । प्रदर्शनीमा राखिएको चित्रको मूल्य रु दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
कलायात्राको २० वर्षे यात्रामा तुलाधरले पाए अपेक्षा नगरेको उपहार
जेठ २९, २०८१ मंगलबार
चित्र बनाउने सीप सिकाउने कलामा रमाइरहेका पवन
जेठ २९, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार