स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार ८:४९:५९
१२ जेठ, जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पछि त्यहाँबाट रेफर गरेर काव्या अस्पताल लगिएको हो ।
सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधासम्पन्न मानिन्छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए । स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा लिइने उनको भनाई छ ।
मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो । सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार