डाँडामा लुकेको होमस्टे : चुलीबोझा मगर होमस्टे
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार १७:१५:१०
मनिष अर्याल र नेपाल फोटो लाइब्रेरी
१२ जेठ, काठमाडाैं । पुर्वी नवलपरासी 'नवलपुर' को उत्तरी भेगमा पर्ने ग्रामिण पालिका मध्य बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खला अन्तर्गत समुन्द्री सतह देखी १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाँउमा मगर जातिको बाहुल्यता रहेको छ । सुन्दर र शान्त गाँउमा घर बास 'होमस्टे'को सञ्चालन २०७३ साल देखि शुरु गरिएको हो ।
गाउँकै नाम र मगर समुदाय लाइ जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे' नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरिमा उत्तर तर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ । बुलिङटार गाउँपालिका वडा नं। ४ मा अवस्थित छ चुली बोझा सामुदायिक मगर होमस्टे ।
मगर होमस्टेमा मगर समुदायको कला संस्कृति 'करुवा र झाम्रे नाच'सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
खुल्लामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका [ फोटो फिचर ]
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार