देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार २१:३३:३९
१२ जेठ, कास्की । पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे ।
पूर्व राष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ । सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।”
देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ थियो । अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उनले उल्लेख गरे । “हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ”, उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताए । उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई पाङ्ग्राको रूपमा रहेका दुवै क्षेत्र शङ्काको घेरामा पर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री अधिकारीले भने, “हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिना पूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”
साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ । यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि रु २० हजार रहेको छ । साधारणसभाले विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
अन्तःशुल्क स्टीकरण छपाई प्रकरणमा अख्तियारको अुसन्धान, कति सम्बन्धित छन विवरण ?
असार १२, २०८१ बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार