आइपिएलको फाइनल आज, उपाधिका लागि कोलकाता र सनराइजर्स भिड्दै
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार ९:११:२७
१३ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदै छ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
कोलकाता समूह चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो । कोलकाता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकाता २०२१ मा उपविजेता बनेको थियो ।
त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।
प्रमुख खेलाडी
कोलकोताका लागि यस सिजनमा सुनिल नारानले शानदार प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४८२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि आन्द्रे रसेलले २२२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् ।
कोलकोताका लागि यस सिजनमा वरुण चक्रवर्तीले पनि २० विकेट लिएर राम्रो योगदान दिएका छन् । त्यस्तै बलर हर्षित रानाले १७ विकेट लिएर कोलकोताको बलिङ बलियो बनाएका छन् भने रिंकु सिंह, कप्तान श्रेयस अय्यर, वेंकटेस अय्यरले मिडल अर्डरलाई बलियो बनाएका छन् ।
त्यस्तै सनराइजर्सका प्रमुख खेलाडीमा ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले यस सिजन शानदार सुरुवात दिएका छन् । हेडले यस सिजनमा ५६७ रन बनाएका छन् भने अभिषेक शर्माले ४८२ रन र २ विकेट लिएका छन् । त्यस्तै हेनरिक क्लासेनले पनि यस सिजनमा उत्कृष्ट ब्याटिङ गर्दै ४६३ रन बनाएका छन् ।
त्यसैगरी कप्तान पाट कमिन्सले अहिलेसम्म १७ विकेट लिएका छन् भने टी नटराजनले १९ विकेट लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार