भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार ९:३४:१२
१३ जेठ, भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले बताए। हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।
सडक स्तरोन्नतिपछि कृषि उपज बजार पु¥याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उनी ढुक्क छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार