विश्वप्रकाशको प्रश्न, महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:२:१८
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।
महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने कहिले दुई पासपोर्टमा तपाईँलाई कारवाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्ने प्रश्न गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने उपर कतै पनि अभियोजन नभएको भन्दै लेखेको पत्रबारे टिप्पणी गर्दै महामन्त्री शर्माले भने, ‘यो महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? कहिले लेखेर दिन्छ, सहकारीमा दोषी हुनुहुन्न भनेर । कहिले लेखेर दिन्छ, दुईटा पासपोर्टमा मुद्दा चलाउन पर्दैन भनेर ।’
महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी पनि गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए ।
‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’
अध्यक्ष ओलीको अडानलाई लिएर एमालेभित्र गम्भीर समीक्षा हुनुपर्ने बेला आएको शर्माले बताए । ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ रु’, शर्माले प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए । जसले दोषी हो, उही जेल जाने उल्लेख गदै शर्माले एउटा नेताको गल्तीमा अरूले आरोप बोकेर बस्न नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार