सहकारी र सिरोहिया प्रकरणलाई लिएर सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको विरोध

नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १९:४८:४०

१३ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलका सदस्यहरुले असन्तुष्टी व्यक्त गर्दै बैठकबाट बाहिरिएका छन् । बैठकको कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सदस्यले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख भीमबहादुर भण्डारीले नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीलाई बोल्न समय दिएका थिए । उनले प्रजातन्त्रप्रति नै अनास्था फैलाउन भइरहेको गतिविधिप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाए ।
उनले सहकारीको रकम अपचलन प्रकरणको छानबिन गर्न र कान्तिपुर पब्लिकेसनका कैलाश सिरोहियामाथि भएको दुव्र्यवहारको जवाफ माग गरे । त्यसपछि कांग्रेसका सबै १८ र नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्य नारा लगाउँदै सभाबाट बाहिरिएका थिए ।
प्रदेशसभाको प्रतिपक्षी बेञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्य उपस्थित हुँदा सभामुख भण्डारीले पहिलो बैठकका बाँकी कारबाही अगाडि बढाए । नागरिक उन्मुक्ति पार्टीका बाँकी दुई सदस्य भने प्रदेश सरकारका मन्त्री छन् ।
बैठकमा आर्थिक मामिलामन्त्रीका तर्फबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ऐनबमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ सँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)सभासमक्ष टेबुल गरे ।
आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव गरेको सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले स्वीकृत भएको छ ।
यस्तै, मन्त्री थापाले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार