ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार २१:२५:९
१३ जेठ, काठमाडौं । सरकारले हाल ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म पु¥याएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा स्थानीय तहका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिए ।
त्यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै हालसम्म सो प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।
२०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका तीन सय ४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगका लागि आठ सय ३८ भर्चुअल मेसिन सञ्चालन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । २०८० फागुन महिनासम्ममा दैनिक सात सय ६५, अर्धसाप्ताहिक ३९, साप्तिाहिक दुई हजार नौ सय ८५ र अन्य दैनिक सात सय ९३, अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ७५ र अन्य चार हजार एक सय ३६ गरी जम्मा सात हजार नौ सय ४४ पत्रपत्रिका दर्ता भएको पनि सर्वेक्षणमा उल्लेख छ ।
भाषागत रुपमा हालसम्म सात हजार नौ सय ९७ पत्रपत्रिका दर्ता भएका छन् र दर्ता भएका पत्रपत्रिकामध्ये नेपालीभाषाका सबैभन्दा बढी पाँच हजार तीन सय ७६ र राई भाषाका सबैभन्दा कम दुई रहेका छन् । कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झैता भई ढुवानी कार्य भइरहेको छ । द्रूतडाँक सेवा हालसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ ।
अन्तर्राष्ट्रिय हवाई द्रूतडाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको पहुँच ९३.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालु आर्थिक वर्षको फागुनसम्म जुम्दला, रुकुमपश्चिम र मुस्ताङमा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको सङ्ख्या ३२ पुगेको छ । अवलम्बन गरेको समावेशी नीतिअनुरुप रेडियो नेपालबाट विभिन्न ३२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । हालसम्म नियमित प्रसारणमा रहेका एफएम र टेलिभिजनको सङ्ख्या क्रमशः सात सय २० र एक सय ६ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार