कोलकाताले जित्यो आईपीएलको उपाधि
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार ६:२१:५६
१४ जेठ, काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
हैदराबादले दिए एक सय १४ रनको लक्ष्य कोलकाताले १०। ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । कोलकाताका वेंकटेश ऐरले सर्वाधिक अविजित ५२ रन जोडे । रहमनुल्लाह गुर्बाजले ३९ रन जोड्दा कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहे ।
बलिङमा हैदरावादका कप्तान प्याट कमिन्स र शाहबाज अहमदले एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावाद १८ ओभर ३ बलमा १ सय १३ रनमा समेटिएको थियो ।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । अन्य ब्याटर क्रीजमा टिक्न सकेनन् । बलिङमा कोलकाताका आन्द्रे रसलले ३, हर्षित राना र मिचेल स्टार्कले २(२ विकेट लिए ।
कोलकाताका लागि यो तेस्रो उपाधि हो । यसअघि सन् २०१२ र २०१४ मा कोलकाताले आइपिएलको उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार