महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार ११:४४:१५
१४ जेठ, काठमाडौं । नयाँ सडक (न्यूरोड) क्षेत्रमा पहिले सवारी पार्किङ गर्ने गरिएको भागबाट पार्किङ प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौं महानगरले सार्वजनिक निर्माण विभागले जानकारी दिएको छ ।
भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैंले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो ।
त्यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यस अघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो । योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइन संलग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको छ । विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।
उनका अनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन, बरु बढाउँछ । जहाँ पैदल यात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन बढ्छ । शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरूपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरू बढी जान्छन् । धेरै सामान खरिद गर्छन् ।’
न्यूरोड क्षेत्रमा पैदल मार्ग सुधारको कुरा गर्दै उनले भने, ‘पहिले पार्किङ हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’
चालु आर्थिक बर्षको बजेटबाट यो काम प्रारम्भ भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा २०८० मंसिर ८ गते बोलपत्र आव्हान भयो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए । करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ ९२०.११५० घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्याङ्कन समितिले २०८१ वैशाख ६ गते छनोट गर्यो ।
छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले जेठ ३ गते कार्यादेश दिएको छ । योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू वडा नं. २२, २३ र २४ मा पर्छन् । विभागका अनुसार योजना स्वीकृत तथा कार्यान्वयन गर्ने सन्दर्भमा वडा कार्यालयहरू र सडक विभागलाई आवश्यक सहजीकरण र समन्वयका लागि यस अघि नै पत्र पठाइ सकिएको छ । किनारालाई हरियाली बनाइनेछ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थल बनाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार