सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १२:५७:५७
१४ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।
एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेका छन् । वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालोट्युबवेल जडान गरिएको छ ।
ट्युबवेल जडानका लागि कूल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन् । स्यालोट्युवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ । “खेतामा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमै खेती गर्नुपर्ने बाध्यता थियो”, स्थानीय किसान परमानन्द अवस्थीले भने, “स्यालोट्युबवेल जडान गरिएपछि समयमै धानको बिउ छर्न पाएका छौँ, रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा अधिक हुनेमा ढुक्क छौँ ।”
स्यालोट्यबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न भएको वडा सदस्य मनिदत्त पन्तले बताए । उनका अनुसार असैनालगायत क्षेत्रका किसानले तरकारीखेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेका छन् । सिँचाइ सुविधा भएपछि केही किसानले उखु खेतीसमेत गर्न थालेका छन् ।
किसानलाई व्यावसायिक कृषितर्फ डो¥याउनका लागि वडा कार्यालयले आगामी आवमा प्रविधि हस्तान्तरण, बीउ, मललगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार