नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १३:४४:५७
१४ जेठ, काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् ।
काठमाडौं महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेण्ट एण्ड बारमा नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्धार गरिएको छ ।
उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेण्टमा वेट्रेसको काम लगाउने भनी जबर्जस्ती वेश्यावृत्तिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार