लगातार दोस्रो वर्ष पनि गोरखापत्र संस्थान नाफामा
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १४:६:२५
१४ जेठ, काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा गोरखापत्र संस्थान नाफामा रहेको देखिएको हो।
संस्थानको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थान ६ करोड २४ लाख रुपैयाँ नाफामा देखिएको हो । अघिल्लो वर्ष संस्थानको नाफा अंक ५ करोड ४८ लाख रुपैयाँ थियो।
अर्थ मन्त्रालयको समीक्षा रिपोर्ट अनुसार संस्थानले अघिल्लो आवको तुलनामा गत आवमा एक करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको हो।
प्रतिस्पर्धी बजारमा व्यवसायिक गुणस्तर अभिवृद्धि गरेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आएको संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले बताए। संस्थानका प्रकाशनहरूको समाचार, सामग्रीमा सुधार र बजार सुहाउँदो रणनीति अपनाउँदा नाफाको अवस्थामा पुगेको महाप्रबन्धक ऐरीको भनाइ छ।
'संस्थानको बजारीकरण र पारदर्शिता एवम् कर्मचारीको सहयोगका कारण हाम्रो टिमले अवस्थामा सुधार ल्याउन सम्भव भएको हो,' महाप्रबन्धक ऐरीले भने। अघिल्लो वर्षको तुनलामा गएको आवमा १६ करोड विज्ञापन आम्दानीमा समेत वृद्धि भएको संस्थानले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार