महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १४:१६:३२
१४ जेठ, कञ्चनपुर । नेपाली सेनाले आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरेको छ । मनसुन नजिकिदै जाँदा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले महाकाली नदीमा विपतका बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास स्थानीयमाझ प्रस्तुत गरेको हो ।
श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले बाढीपहिरो लगायत विपद्का बेला सेनाद्वारा गरिने उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना अभ्यास गरिएको बताए । उनले विपदमा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित जहिल्यै तयारी अवस्थामा रहने गरेको बताए ।
त्यस अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद्बाट जोगिन नदी तटीय क्षेत्रका नागरिकलाई सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।“ विपद्सँगै चर्को गर्मीका बेला चल्ने लू बाट पनि बच्न सबैले सजगता अप्नाउन पर्छ ।” उनले भने, “विपद्का सुरक्षा निकाय र स्थानीय प्रशासनसम्म सूचना प्रवाह पनि महत्वपूर्ण विषय हुन्छ ।”
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले जोखिम मोलेर वर्षातका बेला महाकाली नदीमा दाउरा सङ्कलन गर्न नहुनेमा जोड दिए। “ज्यानलाई नै जोखिममा राखेर उर्लिएको महाकालीमा हाम फाल्ने प्रवृति राम्रो होइन”, उनले भने, “मृत्युभन्दा दाउरा विकल्प हुनसक्दैन ।”
सो क्रममा सेनाले पानीमा फसेकाको उद्धार एवं प्राथमिक उपचार गर्ने विषयमा नमुना अभ्यास देखाएको थियो । सेनाको उक्त नमुना अभ्यासमा रेडक्रस सोसाइटी, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य रहेको थियो ।
सेनाले यहाँ विगतमा पनि विपद् व्यवस्थापनसम्बन्धी सुरक्षा निकायहरुसित संयुक्त र एकल रुपमा पनि अभ्यास गर्दै आएको छ । नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, श्री नं २५ बाहिनी अड्डाका प्रमुख सेनानी आदित्य सिल्वाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी नायब उपरीक्षकद्धय नवीन चन्द, रामेश्वरी श्रेष्ठलगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
माघ १३, २०८१ आइतबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार