गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १४:५८:१९
१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता दिनमणि पोखरेलाई समेत विपक्षी बनाइ सोमबार रिट दर्ता गरेका हुन् ।
सर्वोच्चका सूचना अधिकृत गोविन्दप्रसाद घिमिरेले रिट दर्ता भएको र १६ जेठका लागि पेसी तोकिएको जानकारी दिए । महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि कुनै मुद्दा मामिला नरहेको पत्र लेखेका थिए । जसको व्यापक आलोचना भएको थियो ।
सहकारी प्रकरणमा मुछिएका लामिछानेको बचाउनमा प्रधानमन्त्री पनि लागेका थिए भने महान्यायाधिवक्ताले पत्र लेखेका थिए । रिटमा अनुसन्धान प्रक्रियामा गृहमन्त्रीमा रहँदा लामिछानेले अनुचित प्रभाव पार्न सक्ने भन्दै तत्काल निलम्बन गर्न पनि माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार