बबई क्याम्पसमा डा. अहिराजद्धारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १५:२०:४५
कमल राज पौडेल 'देब कमल'
१४ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगर–पालिका वडा नं। ४ अन्तर्गत रहेको बबई बहुमुखी क्याम्पसमा मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
क्याम्पसमा आयोजित एक समारोहमा डा.अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर “राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष” स्थापना गरेका हुन् ।
निवर्तमान प्रदेश प्रमुख डा. अहिराजले समारोहलाई सम्बोधन गर्दै, बर्दियाका जेहेन्दार विपन्न वर्गका विद्यार्थीलाई यस कोषले पढ्नमा केहि सहज होस भनी जिल्लाकै सबैभन्दा पुरानो र पहिलो क्याम्पसमा छात्रवृत्ति कोष को स्थापना गरिएको बताए । उनले मृत्युपछिको जीवन लाई सार्थक बनाउन मानिसले आफ्नो आय–आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवा मा लगाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा सो क्याम्पस का क्याम्पस प्रमुख बिरेन्द्र राज लम्सालले यस क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याज बाट प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गराइने कुरा जानकारी गराए ।
यस अघि डा. अहिराजले सप्तरीको रुपनगर नन्दराज संग्रोला क्याम्पसमा कोषको स्थापना गरेका थिए । गुलरिया ४ निवासी स्वर्गीय भोजराज बराल र डेउडाकला निवासी तत्कालिन जिल्ला पञ्चायत सभापति सुरेन्द्र चन्द ठकुरीको अथक प्रयासले २०४४ सालमा बबई बहुमुखी क्याम्पसको स्थापना भएको थियो । स्थापना पश्चात बर्दियाका विद्यार्थीहरू उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने बाध्यात्मक परिस्थितिको अन्त भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार