गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १५:२३:४१
१४ जेठ, राफाह । प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ ।
नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, “दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाई फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।”
“हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौं व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,” उनले भने ।
उनले उद्धारकार्यमा ठूलो चुनौती आएको बताए । अल–मुघैरले भने, “शिविरमा इन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पु¥याएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार