विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार ९:३२:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/can_1.jpg-20_duXDh4ewNa_dcRWcXsPOP.jpg)
१५ जेठ, काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै १२० रन मात्र बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले १०, आसिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्वाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।
त्यस्तै नेपालका बलर अविनाश बोहोराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए ।
अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिका विरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
पर्यटकको पर्खाइमा टिटिताल
पुष २, २०८१ मंगलबार
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
पुष २, २०८१ मंगलबार
महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार