साउदी लिगमा रोनाल्डोको किर्तिमान
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार ९:४७:१९
१५ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन् । गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।
यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्वाधिक ३४ गोल गरेका थिए । रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहँदै अल हिलालले जितेको छ । अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार