स्याङ्जाका ११ वटै स्थानीय तहमा १५ करोड भन्दा बढी बेरुजु
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार ११:१७:९
१४ जेठ, स्याङ्जा । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार स्याङ्जाका ११ वटै स्थानीय तहको १५ करोड भन्दा बढी बजेट बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा पालिकाहरुको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७९/८० को कुल बजेट १६ अर्ब ६८ करोड ५७ लाख ६२ हजारको कार्यालयले गरेको लेखापरीक्षणमा जम्मा ० दशमलब ९२ प्रतिशतले हुन आउने बजेट बेरुजु देखिएको छ । बेरुजु मध्ये ५ नगरपालिकाको ११ करोड ८ लाख ६१ हजार र ६ गाउँपालिकाको चार करोड २४ लाख एक हजार रहेको छ ।
रकमको आधारमा नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु पुतलीबजारको देखिएको छ भने सबैभन्दा कम गल्याङ्को देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु हरिनासको २ दशमलब ८८ प्रतिशत देखिएको छ भने सबै भन्दा कम कालीगण्डकी गाउँपालिकाको ० दशमलब १० प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पुतलीबजारको दुई अर्ब ३५ करोड ५८ लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८ लाख ८८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । गल्याङ्मा दुई अर्ब तीन करोड २२ लाख ८३ हजारको लेखापरीक्षण गर्दा एक करोड ४१ लाख ७३ हजार बेरुजु देखिएको छ ।
चापाकोटको एक अर्ब ५० करोड २८ लाख ७७ हजारको लेखापरीक्षणमा एक करोड ७४ लाख ३० हजार बेरुजु देखिएको छ । भीरकोटको एक अर्ब ४३ करोड २५ लाख ५५ हजारको लेखापरीक्षण गर्दा दुई करोड ५९ लाख ७९ हजार बेरुजु देखिन्छ । वालिङको दुई अर्ब ४२ करोड ७५ लाख ५१ हजारको लेखापरीक्षण हुँदा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका तर्फ अर्जुनचौपारीको एक अर्ब ८८ लाख १९ हजारको लेखापरीक्षण हुँदा ३६ लाख २३ हजार बेरुजु देखिएको छ । आँधीखोलाको एक अर्ब ३३ करोड ६६ लाख १० हजारको लेखापरीक्षणमा १९ लाख ७७ हजार बेरुजु देखिएको छ भने कालीगण्डकीको एक अर्ब ४५ करोड ९८ लाख ६० हजारको लेखापरीक्षण गर्दा १५ लाख ८ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी फेदीखोलाको एक अर्ब एक करोड ७१ लाख ३१ हजारको लेखापरीक्षणमा ३९ लाख ७८ हजार बेरुजु छ भने बिरुवाको एक अर्ब १३ करोड ८६ लाख ४७ हजारको लेखापरीक्षण गर्दा ३२ लाख ६७ हजार बेरुजु देखिएको छ । हरिनासको ९७ करोड ३५ हजार ९२ लाखको लेखापरीक्षण हुँदा दुई करोड ८० लाख ४८ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।
जिल्लाका पालिका मध्ये पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा हरिनास गाउँपालिकाको बेरुजु रकम एक प्रतिशत भन्दा बढी छ भने अन्य पालिकाको बेरुजु एक प्रतिशत भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरुमा २६ करोड ५७ लाख २८ हजार बेरुजु रकम उल्लेख भएकोमा ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ११ करोड २४ लाख ६६ हजार बेरुजु कम भएर १५ करोड ३२ लाख ६२ हजार मात्रै बेरुजु देखिन्छ ।
महालेखाले स्थानीय तहलाई आवधिक योजना तर्जुमा, श्रोत तथा बजेटको पूर्वानुमान, आन्तरिक श्रोतको परिचालनमा गम्भीर हुन भनेको छ । योजना छनौट र आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी कार्यान्वयन गर्न, रकमान्तरलाई व्यवस्थित गराउन महालेखाले आग्रह समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार