प्रतिनिधि सभाबाट ७ सदस्यीय संसदीय छानबिन समिति घोषणा हुने, कांग्रेसले गर्यो सहमति अनुमोदन
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार ११:५३:२१
१५ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणमा सम्लग्न भएकाहरुलाई कारवाही गर्नका लागि छानबिन गर्ने संसदीय समिति बनाउने विषयमा दलहरुबीच सहमति भएको छ । उक्त सहमतिअनुसार आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट संसदीय छानबिन समिति गठन भएको घोषणा गरिने भएको छ । त्यसअघि मन्त्रिपरिषदको बैठकले समिति गठनको निर्णय गर्ने भएको छ ।
मंगलबार बिहान बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल बैठकले प्रमुख दलबीच भएको सहमतिलाई अनुमोदन गरेको बताएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकबाट समिति गठन गरिने जानकारी दिए । समितिमा रहने सांसदहरूको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराइने उनले बताए ।
उनले कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने बताए । अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ । हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौं, उनले भने ।
हिजो अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भइसकेको छ । जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक÷एक जना रहने छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘वैधानिकस्वरुप ४ बजेको संसदले दिन्छ । अहिले हामीले जुन सहमति गरेका छौँ । यो सहमितमा व्यक्तिको नाम र पद लेख्नुभन्दा पनि सहकारीको रकम जहाँ जहाँ गएको छ त्यहाँसम्म पुगेर त्यसमा संलग्न मानिस जो सुकै भएपनि छानिबन र अनुसन्धान गर्न सकिने भएकाले व्यक्तिको नाम लेख्न जरुरी छैन भन्ने निष्कर्षमा पुगेका हौँ ।;
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार