के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार १३:४०:४८
१५ जेठ, काठमाडौं । सस्तो लोकप्रियताको लोभमा गृहमन्त्री रवि लामिछानेले १७ औँ गणतन्त्र दिवसको दिन गृहमन्त्रालयबाट मन्त्रीस्तरीय निर्णयसमेत नभएको अवस्थामा सामाजिक सञ्जालबाट महिनावारी बिदाको फण्डा बाहिर ल्याएका छन् । चार दिनसम्म मापसे लगायत ट्राफिक नियमको उल्लंघन गरी कारवाहीमा परेकालाई ट्राफिक प्रहरीका रुपमा सडकमा खटाउने उनको भनाइ छ ।
आम सर्वसाधारण जनतालाई सजाय स्वरूप सडकमा खटाउने कुरा कानुन सम्मत हो कि होइन भन्ने कुरा उनले भुलेका छन् । गृहमन्त्री जस्तो अति संवेदनशील ठाउँमा भएका उनले पदीय मर्यादाको खिल्ली उडाउन खोजेको भन्दै आलोचना सुरु भएको छ ।
गृहमन्त्री लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरूले ४ दिन ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको र त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयंसेवकको रुपमा सडकमा बसेर सिट्ठी बजाउनुपर्ने बताएका छन् । तर, गृहमन्त्री भएपनि कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने कुरा उनले भुलेका छन् ।
लोकतन्त्रको आत्मा भनेकै विधिको शासन हो । विधिको शासन र न्याय प्राप्तिको मूल आधार भनेको कानुन हो । कानुनमा नभएको कुराबाट लोकप्रियता खोज्नु कानुनकै उपहास गर्न खोज्नु हो । कानुनको सामान्य सिद्धान्तले पनि सामान्य अज्ञानतालाई गृहमन्त्री भएकै आधारमा छुट दिँदैन । भलै उनले कानुन बनाएर परीक्षण गराउन नपाउने भने होइनन् । तर, जनतालाई सडकमा सजायस्वरुप सरकारी कर्मचारीले गर्ने काम गर्न लगाउने अधिकार संविधानले उनलाई दिएको छैन ।
गृहमन्त्रीको लोकप्रिय बन्ने आशयको सोझो अर्थ भनेको कानुनले कानुनका प्रावधान तथा व्यवस्थाहरू बारे सामान्य मानिसलाई भए जति ज्ञान रहनेछ भन्ने देखाउँछ । उनलाई कानून प्रतिकूल हुने कार्य गर्ने र सो कार्य गर्दा आफूलाई कानुनको ज्ञात नभएको भन्ने तर्क लिई आफूलाई बचाउ गर्न पाउने हक कानुनले दिँदैन ।
हरेक मान्यता र सिद्दान्तहरुले न्यायालय र कानुन निर्माताहरूलाई न्यायतर्फ मार्गदर्शन गराउनुपर्ने हो । संविधान, फौजदारी–देवानी कानुन तथा सर्वोच्च अदालतले व्यवस्था गरेको कानुनका सामान्य सिद्धान्त र मान्यताहरुले व्यक्ति र राज्य दुवैको कर्तव्य र अधिकार तोकेको छ भन्ने कुरा गृहमन्त्री जस्तो पदमा भएको मान्छेले हेक्का राख्नुपर्छ । अन्यथा सस्तो लोकप्रियताले आफैंलाई हानी गर्छ ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’ तर, कुन कानुनअनुसार यसो गर्न मिल्छ भन्ने उनले खुलाएका छैनन् । यसैले अहिले सामाजिक सञ्जालमा उनकाे व्यापक आलोचना सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार