बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार १७:२५:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_vftR2fCq9v_jw8YwDMXfB.jpg)
५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट हावादारी भएको बताएको छ । मंगलबार अर्थमन्त्री बर्षमान पुनले संसदमा पेश गरेको बजेट यस अघि बोले जस्तो नआएको टिप्पणी कांग्रेसको छ ।
कांग्रेस प्रवक्ता एवं पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकता भन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको बताए । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख गरिएको बताउँदै कांग्रेसले पुरा बजेट किताब हेरेपछि थप टिप्पणी गर्ने बताए ।
डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।
‘विनियोजनमा प्राथमिकताको कुरा गर्नुभएको छैन । आफ्ना समर्थकका हकमा कता कहाँ के गर्नुभएको छ ख्याल गर्नुपर्छु उनले भने,धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छैन । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ । यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न । बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार