लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार १८:४७:११
१५ जेठ, काठमाडौं । लण्डनमा हुर्केका नेपालीमूलका दाजुभाइ समीर शर्मा र सविन शर्माले केही दिनअगाडि साउथ वेस्ट लण्डनस्थित बाल्हाम हाइरोडमा 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
बेलायतमा नेपालीले रेष्टुरेण्ट खोल्ने र व्यवसाय गर्ने कुरा नौलो होइन तर फरक कन्सेप्ट र ब्राण्डिङ्गमा एसियन फ्युजन कुजिन र जुसबारसहित शुरु गरेको उक्त व्यवसायले छोटो समयमा नै चर्चा पाउन सफल भएको छ ।
टेक अवे 'ग्र्याब एण्ड गो' र हेल्दि फुड कन्सेप्टमा खुलेको फेमिली रन विजनेश स्क्वीज्डमा विशेष गरि चिकेन, ल्याम्ब र भेज मःम, नुडल्स् अनि हाल ट्रेन्डिङमा रहेका दुई दर्जन किसिमका सुसी उपलब्ध छन् ।
क्लासिक, स्पेशलियाटी कफी र विभिन्न ट्रपीकल एण्ड एक्जोटिक फ्रेस फ्रुट्स जुस, भेजिटेबल 'एभोकाडो, सेलरी, साग, गाजर, काँक्रो आदि' को स्मुदी यसका विशेषता हुन् । ग्राहककै अगाडि जुस, स्मुदी बनाएर दिइने भएकाले ग्राहकले खानामा बढी विश्वास गर्छन् ।
नुडल्स् र मःमः मिक्स गरेको कम्बो बक्स, सुसी पोकी बल पनि यहाँ चलेका खाना हुन् । यहाँ बालबच्चालाई आकर्षित गर्ने खालका किड्स मेनु पनि उपलब्ध छ ।
शर्मा दाजुभाइले आफ्नै ब्राण्डको युनिफर्म, जुस बारको कलर र एम्बियन्स्, कफी जुस सर्भ गर्ने कप, ग्लास, सुसी नुडल्स् खाना हाल्ने बउल, टेक वे ब्यागमा आकर्षक ब्रान्डिङ गरेका छन् । भविष्यमा फ्रेन्चाइज गरि यस व्यवसायलाई अन्यत्र पनि विस्तार गर्ने सोच सञ्चालकको छ ।
सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म र आइतबार बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म रेष्टुरेण्ट खुला रहन्छ । लन्डनमा नेपालीले नै शुरु गरेको हट स्टोन सुसी र अक्सफोर्ड सर्कसस्थित ५ तारे होटल वेष्ट बरीमा झण्डै एकदशक काम गरेका अनुभवी सेफ जय गिरीले खाना बनाउँछन् ।
कोस्टा कफीमा म्यानेजेरियल रोल गरेका सविन आफैले कफी र स्मुदी बनाउँछन् । उवर इट, जस्ट इट र डेलिवरी मार्फत खाना टेक अवे सर्भिस् पनि उपलब्ध छ । स्थानीय लन्डन बरो अफ वान्ड्सवोर्थ काउन्सिलले फुड हाइजिन रेटिङमा ५ स्टार दिइसकेको छ ।
ब्रान्डिङ एण्ड म्यानेजमेन्टमा मास्टर्स गरेका संस्थापक समिरले समग्र व्यवस्थापन हेर्छन् । हस्पिटालिटीमा लामो समय काम गरिसकेका उनी कष्टमरलाई सर्भ पनि गर्छन् ।
भाईको ब्रान्डिङ र आफ्नी जीवनसंगिनी सिभिल इन्जिनियर अन्जली फुयाँलको ‘क्रिएटिभ माइन्ड’ ले नै यो ब्रान्ड स्थापित भएको जय गिरीले बताए । लोकल विजनेशलाई सपोर्ट गर्ने उद्देश्य राखिएको जनाउँदै गिरीले आउटडोर, कर्पोरेट पार्टीका लागि समेत खाना क्याटरिङ गरिने पनि बताए ।
‘ब्रान्ड स्टाब्लिस गरेर भविष्यमा यसलाई फ्रेन्चाइजका रुपमा विस्तार गर्ने दीर्घकालिन सोच छ मेरो’, समिर भन्छन्, ‘कसैले फ्रेन्चाइज लिन चाहे दिन सकिन्छ र ठाउँ अनुसार उनीहरुले फरक थिममा खोल्न सक्छन् ।’ उनले अहिले ब्रान्डिङका लागि सोसल मिडिया प्लाटफर्म, ब्रान्ड अवेरनेस्, इन्टरनेशनल ब्रान्ड बनाइसकेका व्यवासयीहरुसँग साक्षात्कारलाई बढी प्राथमिकता दिइरहेको बताए ।
भर्खर शुरु भएको नयाँ व्यवसायमा केही चुनौती त भइहाल्छन् तर अहिले नै त्यस्तो केही सामना गर्नु नपरेको समिर शर्माले बताए । उनले अगाडि थपे, ‘बजारमा प्रतिस्पर्धा छ तर हामी अरूको भन्दा क्वालिटी दिन्छौं । हाम्रो मेनु अरु भन्दा सस्तो पनि छ । खाना ल्याव टेष्ट गरेर बनाइन्छ । कृत्रिम सामग्री मिसावट हुन्न । यसले गर्दा ग्राहक आकर्षित हुने विश्वास छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी
पुष १८, २०८१ बिहिबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार