बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार २२:४:१६
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान अर्थतन्त्रको चुनौतीलाई चिर्न र नवीन आशा जाग्ने गरी नयाँ सम्भावनाका साथ बजेट आउँछ भन्ने अपेक्षा रहेकामा त्यो नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “बजेट प्रस्तुत गरिरहँदा निरन्तरतामा नवीनता हुनुपर्ने हो त्यो देखिएन । अहिले बजारको जुन मूल्यवृद्धि छ त्यसलाई धान्न सक्ने आयको पक्ष हेरिएन ।”
अहिलेको अर्थतन्त्रमा देखिएको चुनौतीलाई सामना गर्ने, निजी क्षेत्रको मनोबल उठाउने, चुहावटलाई नियन्त्रण गर्ने, व्यापार घाटा कम गरी आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने र अर्थतन्त्रमा छलाङ मार्ने ढङ्गबाट बजेट नआएको उनको टिप्पणी छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बजेटले कृषिमा नयाँपन व्यक्त गरेको र देशका विभिन्न क्षेत्रमा विशिष्टिकृत रोजगारी सिर्जना गर्ने विषयलाई लक्षित गरेको पक्ष निकै सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, “भौतिक पूर्वाधारको क्षेत्रमा यसपटक बजेट निकै विनियोजन भएको छ । यी नै बजेटका प्रमुख विषयहरू हुन् ।”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता राजेन्द्रप्रसाद पाण्डेले संसद्मा प्रस्तुत भएको बजेट समग्रमा ठिकै रहेको प्रतिक्रिया दिए । उनले भने, “यो बजेट कति कार्यान्वयन हुन्छ कति हुन्न त्यसमा भर पर्छ । बजेटमा समेटिएका सबै विषयवस्तु कार्यान्वयन हुन ९५ खर्बभन्दा बढी चाहिन्छ । प्याज, आलुलगायतका अत्यावश्यक कृषिजन्य सामाग्रीमा भ्याट लगाइँदै आएकोमा हटाइएको छ त्यो राम्रो कुरा हो ।”
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले नीति तथा कार्यक्रमको सारतत्वलाई बोकेकाले बजेट राम्रो भएको बताए। “मुलुकको अर्थतन्त्रलाई केही न केही अगाडि बढाउँछ भन्ने विश्वास जागेको छ”, उनले भने । जसपाकी नेत्री रञ्जुकुमारी झाले निजी क्षेत्रलाई लगानी गर्न उत्प्रेरणा दिने र तरकारीलगायत अत्यावश्यक वस्तुमा कर घटाउँदा गृहिणीका लागि खुसी पैदा गरेको प्रतिक्रिया दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट सुन्दा कर्ण प्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताए । “बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ । यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभावकारिता निर्धारण हुन्छ”, उनले अगाडि थपे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार