सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार ८:३१:४३

१६ जेठ, काठमाडौं । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् । साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।
अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए । यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोविन्दा र श्रीमती बस्छन् अलग-अलग घरमा
फागुन १५, २०८१ बिहिबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह
फागुन १५, २०८१ बिहिबार
अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने
फागुन १५, २०८१ बिहिबार
मरिसस, ला रेयुनियन खतरनाक चक्रवातका लागि उच्च सतर्कतामा
फागुन १५, २०८१ बिहिबार
गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
फागुन १५, २०८१ बिहिबार
सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल
फागुन १५, २०८१ बिहिबार
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी
फागुन १५, २०८१ बिहिबार