दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १२:४३:३९
१६ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं चाँगुनारायण नगरापालिका वडा नम्वर १ को कार्यालय र दुवाकोट स्वास्थ्य चौकीसँगको समन्वयमा मनोहरा आधारभूत विद्यालय बेसी दुवाकोटमा स्वास्थ्य शिविर हुने भएको हो ।
विशेषज्ञ चिकित्सकहरूसहितको निःशुल्क स्वास्थ्य शिविर आगामी जेठ १८ गते शुक्रवारका दिन बिहान ९ः३० बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएको छन् ।
शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान,यस्तै नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, एक्स(रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।
भिडियो एक्स(रेका साथै अशक्त र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । स्त्री रोग सम्बन्धी थप उपचार वा शल्यक्रिया गर्न पहिचान भएका बिरामीलाई भक्तपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत उक्त शिविरमा रहेको आयोजकले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त निःशुल्क शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने आफूहरूले आशा गरेको भक्तपुर अस्पतालकी निर्देशक सुमित्रा गौतमले जानकारी दिए । उनका अनुसार शिविरबाट धेरैले लाभ लिनेमा आफू विश्वस्त भएको समेत बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार