झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १४:१३:५९
१६ जेठ, झापा । गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातीदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पु¥याएको बताए । उनका अनुसार सो क्षेत्रका सयौं घरको छाना उडाएको, विद्युतका खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।
मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले रु एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए । उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट रु १० लाखबढीको क्षति पुगेको बताए ।
नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए । मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ ।
धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पु¥याएको सूचना अधिकारी चन्दले जानकारी दिए । उनले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् खर्चको जोहोदेखि चाहिने सामग्रीको तयारी
असोज २५, २०८१ शुक्रबार
दशैंको किनमेल स्थानीय हाटबजारमा
असोज २५, २०८१ शुक्रबार
निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थी
असोज २५, २०८१ शुक्रबार
बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार