२०८४ अगाडि नै संविधान संशोधन गरिनुपर्छः सिटौला
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १५:४८:१३
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २०८४ अगाडि नै संविधानमा नमिलेका कुराहरू संशोधन गरिनुपर्ने बताएका छन् । संविधान पुनरावलोकन गरेर नमिलेका र नपुगेको विषय वस्तुलाई सच्याएर जानुपर्ने उनको भनाइ छ ।
बुधबार काठमाडौँमा आयोजित गणतन्त्रका १६ वर्ष, नागरिकको अनुभूति, सुशासनको प्रत्याभूति विषयमा कार्यक्रममा उनले संविधान पुनरावलोकनको आवश्यकता देखाएका हुन् । आगामी निर्वाचनमा पुग्नुभन्दा अगाडि संविधानमा के–के सुधारको आवश्यक छ ? अध्ययन र समीक्षा गरी संविधानको पुनरावलोकनका लागि दलहरू तयार हुनुपर्ने उनीले बताए ।
उनले गणतन्त्रको १६ वर्षे अवधिको पनि मूल्याङ्कन गर्नुपर्ने बताए । पहिलो पाँच वर्ष खेर गयो । संविधान बनेपछि कार्यान्वयनका लागि राज्यका निकायले कसरी काम गरिरहेका छन् ? राज्य सञ्चलनका दृष्टिकोणले संविधानमा के के सच्याउनुपर्छ, के के थप्नुपर्छ नेपाली कांग्रेस र अरु दल तयार हुनुपर्छ, उनले भने । संविधानले नागरिकको पक्षमा काम गर्न कहाँ बाधा पुर्याएको छ त्यो हेरेर नागरिकको पक्षमा काम हुने गरी संविधानमा पुनरावलोकन गर्नुपर्ने उनले बताए ।
सरकारसँग जोडिएका निकाय र संवैधानिक परिषदले गरेका कामको पनि समीक्षा गर्न आवश्यक रहेको सिटौलाले बताए । ‘गणतन्त्र आएपछि सबै क्षेत्रका विकास भएको छ । तर संविधानको स्प्रीड अनुसार विकास भएको छैन,’ उनले भने । कांग्रेसको १५ औँ महाधिवेशनमा एउटा विचार बोकेर एकताबद्ध भई जानुपर्ने सिटौलाले बताए । ‘आगामी महाधिवेशन हुन एक–डेढ वर्ष बाँकी छ । आगामी महाधिवेशनमा एउटा विचार बोकेर एकताबद्ध भई जानुपर्छ । कांग्रेस जनतासँग जोडिन आवश्यक छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार