भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १६:३८:९
१६ जेठ, भैरहवा । १७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेको आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडि वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो ।
महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले गणतन्त्र दिवसको शुभकामना दिँदै सिद्धार्थनगर नगरपालिकालाई सबै मिलेर सफा र हराभरा बनाउन आग्रह गरे । उनले भने हामीले विभिन्न ठाउँमा विरुवाहरू रोपेका छौ मेरो आग्रह छ कसैले पनि त्यो विरुवाहरू नटिपिदिनु होला । र साथै सडक वरपर फोहोर नफाल्न र नगरपालिकाकाे ट्याक्टर फोहोर लिनु आउँदा सडेगलेका र प्लास्टिक जन्य फोहोर छुट्याएर फोहोर दिन आग्रह गरे । यसरी नगर सफा र स्वच्छ रहन्छ खाँले भन्नु भयो ।
महोत्सवमा शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ ले यस्ता सांस्कृतिक कार्यक्रमहरू गरिरहन स्थानी सरकारले पहल गरिरहन’ पर्ने बताए । यस्ता मेला महोत्सव भयो भने नेपालमा रहेका स्थानीय कलाकारहरूलाई होसला तथा पर्यटकहरूको आवगमनमा पनि टेवा पुग्ने श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरू प्रति स्थानीय सरकार गम्भीर हुन जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाैतम बुद्ध विमानस्थलको संचालन, राष्ट्रिय सडकहरुको निर्माण र ठूला उद्योग तथा कलकारखानाहरू प्रति स्थानीय सरकारको ध्यान जान जरुरी रहेको छ । उनले भने ।
साथै अर्थतन्त्र चलायमान बनाउन सिमानाका अर्था बडर खुल्ला गर्न वातावरण तयार गर्न नगर प्रमुखलाई आग्रह गरे । बडर खुला भएपछि उद्योगी व्यापारीहरुको लागि सहज हुने अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । गणतन्त्र दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँ, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वडा न. ५ का वडाअध्यक्ष पूरण प्रसाद श्रेष्ठ, वडा न. ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव र कार्यक्रम संयोजक दिनेश गुप्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा रवि जयसवालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन विशाल श्रीवास्तवले गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
आज देखि पोखरामा बेलुन महोत्सव
पुष ९, २०८१ मंगलबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार