संसदीय छानबिन समितिलाई ग्यालेक्सीमा १५ करोड बढी रकम गएको विवरण बुझाइँदै
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १७:१:५
१६ जेठ, काठमाडौं । मंगलबार प्रतिनिधि सभाले गठन गरेको ७ सदस्यीय छानबिन समितिलाई सहकारीका पीडितहरूले गृहमन्त्री रवि लामिछाने जोडिएको ग्यालेक्सी टीभीमा ऋण र विभिन्न प्रकारले गएको रकमबारे जानकारी गराउने भएका छन् । उनीहरुले समितिलाई जानकारी गराउन लागेको १५ करोडमाथि रकम अपचलन भएको विषय प्रहरी अनुसन्धानमा पनि उल्लेख भएको विषय हो ।
सुर्यदर्शन सहकारीका एक पीडितको भनाइअनुसार सुर्यदर्शन र सुप्रिम सहकारीबाट उजुरी दिँदा दावी गरिएको र हाल अदालतमा विचाराधीन मुद्दामा किटान गरिएको रकम ग्यालेक्सी टीभीले लगेको कुरा विस्तृत रुपमा समितिलाई जानकारी गराउन लागिएको हो । ग्यालेक्सी टीभीले पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारीबाट १५ करोडभन्दा बढी रकम लिएको प्रमाण भेटिएको छ ।
उनले भने, ‘२०८१ वैशाख ३ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गरेको अभियोजनमा सुप्रिम सहकारीमार्फत १० करोड ९९ लाख ३६ लाख रुपैयाँ ग्यालेक्सी टीभीमा पुगेको देखाइएको थियो । पोखराको सूर्यदर्शन सहकारीमार्फत पाँच करोड रुपैयाँ ग्यालेक्सी टीभीमा गएको देखिएको छ । यो कुरा हामी समितिलाई जानकारी गराउने तयारीमा छौँ ।’
विभिन्न व्यक्तिका नाममा रकम ग्यालेक्सी टीभीमा पुगेको उनले बताए । त्यसबाहेक कालिमाटीको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला, चितवनको सहारा, बाँकेको समनता सहकारीमार्फत समेत करोडौं रुपैयाँ ग्यालेक्सीमा गएको पीडितहरुको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार