सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार ९:१६:२८
१७ जेठ, सुर्खेत । सुर्खेतमा भएको जीप दुर्घटनामा मृत्यु हुनेकाे सङ्ख्या चार पुगेको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै आज बिहान २ बजे सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना चार जनाको मृत्यु भएको हो ।
जीपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्ने कार्य भइरहेको छ ।
जीप राति दुर्घटना भएपनि जानकारी नभएकाले अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनका अनुसार जीप सडकबाट ३ सय मिटर तल खसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणमा परी दुईजना घाइते
पुष १६, २०८१ मंगलबार
सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पुष १६, २०८१ मंगलबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
पुष १६, २०८१ मंगलबार
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढ्यो
पुष १६, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट महिलाको मृत्यु, ५ जना घाइते
पुष १६, २०८१ मंगलबार