हङकङको अदालतले प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई दोषी ठहर, आजीवन कारावास हुन सक्ने
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार ११:१५:१३
१७ जेठ, काठमाडौं । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।
दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन् । यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो । यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई सफाइ दिएको छ। यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ ।
दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी ओर र विनी यु रहेका छन् ।
२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरू मध्ये यी १४ जना थिए । अभियोजन पक्षले यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाएका छन् ।
सन् २०१९ मा ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन् ।
योसँगै चीन र हङकङका सरकारहरूले भने यो कानुनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार