एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार ११:१७:११
१७ जेठ, काठमाडौं । सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो । सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन् ।
फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका थिए । एनिमलको सफलताबाट तृप्तीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ । अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन् ।
उनको हालै धर्मा प्रोडक्सनको फिल्म धड्क-२ को घोषणा गरिएको छ । फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ती डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य
भूमिकामा देखिने जानकारी दिइएको छ । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् । यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ ।
त्यस्तै उनको अर्को फिल्म ब्याड न्यूज पनि आउने भएको छ । गुड न्यूज पछि धर्मा प्रोडक्सनले चाँडै ब्याड न्यूज ल्याउने भएको छ । फिल्मको स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन् । फिल्ममा तृप्तीले मुख्य नायिकाको रुपमा काम गरेकी छिन् । यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ ।
त्यस्तै भूलभुलैया घ मा पनि तृप्तिले काम गरेकी छन् । अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए । फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् । यो फिल्ममा तृप्ति डिमरी पनि देखिने छिन् । केही समय अघि उनी फिल्मको पोस्टरमा देखिएकी थिइन् ।
त्यस्तै एनिमलको सिक्वेल भनिएको फिल्म एनिमल पार्कमा पनि तृप्ति आउदै छन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा तृप्ती पनि महत्वपूर्ण भूमिकामा देखिने छिन् । अहिले यो चलचित्र प्रि-प्रोडक्सन चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
बाबा सिद्दिकीको हत्याको हाम्रो परिवारमा ठुलो असर भयो : अरबाज खान
कात्तिक १, २०८१ बिहिबार
दिव्या र करण आमने सामने !
असोज २८, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै
कात्तिक २, २०८१ शुक्रबार
विपक्षी दलको बैठकमा प्रचण्डले भने-रविजीलाई पक्रने कुरा भएको छ, हामीले मिलेर प्रतिकार गर्नुपर्छ
कात्तिक २, २०८१ शुक्रबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
सुन तोलाकै एक लाख ६४ हजार !
कात्तिक २, २०८१ शुक्रबार
आज मन्त्रिपरिषद्को बैठक, सत्यनरिुपण तथा मेलमिलाप आयोग गठनबारे निर्णय हुने
कात्तिक २, २०८१ शुक्रबार