बैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १२:४२:४३
१७ जेठ, काठमाडौं । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।
बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ, थाइ नेपाली सङ्घ, नेपाल वायुसेवा निगमका प्रतिनिधि एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो ।
उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन शृङ्खलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताए । उक्त दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीहरूबीच निरन्तर छलफल आवश्यक भएकामा जोड दिए ।
साथै उनले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न राजदूतावास सधैँ तत्पर रहेको जानकारी दिए। नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सङ्गीता यादव र नेपाल निर्यातक महासङ्घका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन÷प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार