संयुक्त राष्ट्रसंघका अधिकारीहरूद्वारा अफगानिस्तानमा महिलाको अवस्थाबारे चिन्ता व्यक्त
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १३:५:२८
१७ जेठ, काठमाडाैं । अफगानी महिलाहरू आफ्नो आधारभूत अधिकारबाट वञ्चित रहँदा संयुक्त राष्ट्रका अधिकारीहरूले अफगानिस्तानमा तालिबान शासनले निम्त्याएको महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
न्युयोर्कमा भएको ‘महिला, युवाले शान्ति निर्माण प्रयासमा बढी सहभागिता’ शीर्षकको बैठकमा संयुक्त राष्ट्रसंघले अफगानी महिला विशेष गरी किशोरीहरूको शिक्षाको अधिकार हनन भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको राजनीतिक तथा शान्ति निर्माण मामिलाकी उपमहासचिव रोजमेरी डिकार्लोले अफगानिस्तानमा महिलाको अस्तित्व हराएको बताउनुभएको छ । “सरकारको सरल पहलमा महिलाहरूको पूर्ण योगदानलाई अस्वीकार गर्ने अवरोधहरू पार गर्न सकिन्छ,” डिकार्लोले बैठकमा भने ।
लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र निकाय 'यूएन–महिला' का कार्यकारी निर्देशक सिमा बाहुसले तथ्याङ्कमा जोड दिदैँ भने, “अफगानिस्तानमा सन् २०२१ को प्रतिबन्धपछि ११ लाख किशोरी विद्यालय शिक्षाबाट वञ्चित छन् ।”
अढाई वर्षभन्दा बढी समय बितिसक्दा पनि तालिवान सरकारले केटीहरूका लागि विद्यालय पुनः खोल्ने सम्बन्धमा कुनै नयाँ सुचना दिएको छैन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बलियो बनाउँदै जाँदा देशमा मानवीय सङ्कट झन् बिग्रँदै गएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले अफगानिस्तानमा ‘महिला र केटीहरूको अधिकार सुनिश्चित गर्ने’ आवश्यकतामा जोड दिनुभयो र यसका लागि अफगानी अधिकारीहरूसँग समन्वय गर्न आवश्यक रहेको बताए ।
यद्यपि, अन्तर्राष्ट्रिय आक्रोशका बावजुद तालिबानले देशमा किशोरीहरूका लागि विद्यालय कहिले खोल्ने भन्नेबारे कुनै ठोस निर्णय गरेको छैन । अफगानिस्तानमा महिलाहरूको अधिकार इस्लामिक कानूनको ढाँचाभित्र सुनिश्चित गरिएको कुरा तालिबानले बारम्बार दोहो¥याएको छ ।
अफगानी सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने,“अफगानिस्तानमा इस्लामिक कानूनद्वारा समर्थित पुरुष र महिलाहरूको अधिकार प्रदान गर्न तालिवान सरकार प्रतिबद्ध छ । इस्लामिक इमिरेट्सले देशका सबै नागरिकहरूको अधिकारलाई सम्बोधन गर्न प्रयास गर्दछ ।”
यसैबीच, संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा अफगानिस्तानका प्रतिनिधिले लैङ्गिक समानता हासिल गर्न राष्ट्रको प्रयासलाई प्रकाश पार्दै महिला र किशोरीहरूको अधिकारमा प्रतिबन्धित सीमाहरू हटाउन माग गरे ।
तालिबानको कब्जापछि अफगानिस्तानमा गरिबी, असमानताको चक्रलाई कायम राख्दै शिक्षाबाट वञ्चित किशोरीहरूको पुस्ताको सङ्ख्या बढिरहेको छ । मानवीय संस्थाहरूले विभिन्न चुनौतीहरूबीच सहायता प्रदान गर्ने प्रयास गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार