अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १३:३६:४०
१७ जेठ, ललितपुर । यही जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवार पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूले दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागेको हो ।
दबूका सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
“नेपालका विभिन्न भाषाभाषी सञ्चारकर्मीका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायत देशका सञ्चारकर्मीको सहभागिता रहने छ । सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीले भाग लिनुहुनेछ”, उनले भने ।
सार्क जर्नलिस्ट फोरमको सहयोगमा हुने सम्मेलनको जानकारी दिन बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनको उद्घाटन जेठ १९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ ।
सम्मेलनमा विभिन्न विषयमा केन्द्रित रहेर समूह गत छलफल हुने कार्यक्रम रहेको दबूका सम्मेलनका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । एक सय वर्षअघि नेपालमा पहिलोपटक मातृभाषामा पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको पत्रिका ‘बुद्ध धर्म व नेपाल भाषा’ सम्पादन गरी प्रकाशन गरेका थिए ।
“पत्रकार धर्मादित्य धर्माचार्यको एक सय २२ औँ जन्मजयन्ती, नवौँ मातृभाषा पत्रकारिता दिवस तथा नेपाल भाषामा पत्रिका प्रकाशित भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन हुन लागेको हो, वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी छ”, नेवाः पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भने ।
सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि तथा पत्रकारहरूलाई संयोजन र सहभागी गराउन सहयोग गरेको फोरमका अध्यक्ष राजु लामाले बताए । उनका अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरूको सहभागिताका लागि संयोजन सहयोग गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार