भीमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १३:५८:५६

१७ जेठ, मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको हो । नेपालीलाई उपचारका लागि बुधबार राति हेटौंडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका उनले बताए ।
दुर्घटनामा परी मृत्यु भएका कारका चालक काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियार रहेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका–८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए । कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार