आफ्नो नागरिकता बारे दुष्प्रचार गर्नेविरुद्ध सिरोहियाले कानुनी उपचार खोज्ने
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १४:५:६
१७ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताबारे गलत प्रचार गर्ने व्यक्ति र समूह विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । प्रहरी हिरासतबाट रिहा भएपछि उनले प्रहरी प्रशासनले आधारभूत अनुसन्धान बिनै पक्राउ गरी ९ दिनसम्म हिरासतमा राख्ने योजनामा संलग्न तथा आफ्नो नागरिकताबारे दुष्प्रचार गर्ने व्यक्ति र समूह विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।
सिरोहियाले एक प्रेस विज्ञप्ति जारी गर्दै कानुनी उपचारको बाटोमा जाने उल्लेख गरेका छन् । उनले आफूलाई गरेको गिरफ्तारी कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका नरहेको उल्लेख गरेका छन् ।
’प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु’ अध्यक्ष सिरोहियाको विज्ञप्तिमा भनिएको छ । उनले आफूलाई गैर नेपाली भन्ने, दुई/तीन थरी नागरिकता रहेको र नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती पनि दिएका छन् ।
अध्यक्ष सिरोहियाद्वारा जारी प्रेस विज्ञप्ति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमालेको संकल्प
मंसिर ३०, २०८१ आइतबार
नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः नेता निधि
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार