डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १५:३२:२६
१७ जेठ, काठमाडौं । बुधबार मन्त्रिस्तरीय निर्णयबाट नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भयो । यो सरुवालाई लिएर प्रहरी प्रधान कार्यालयमा खैलाबैला चलेको छ । कसैको समय पुगिसक्दा पनि सरुवा हुँदैन, कोहीको भने गएको पाँच महिना नपुग्दै सरुवा हुन्छ । सरुवाको कुनै नीति भएन । संगठनमा काम गर्ने वातावरण बिग्रिएर गयो । मन्त्रीको सनकमा कति बेला कहाँ पुगिने हो, कसरी काम गर्ने ? यतिबेला प्रहरीहरूको व्यापक गुनासो हुने गर्छ । यहि लटमा गृहमन्त्रीले अवधि नपुगी २० जना एसएसपीको पनि सरुवा गरेका छन् । एसएसपी सरुवामा आर्थिक चलखेल भयो भनेर प्रहरी प्रधान कार्यालयभित्रै चर्चा चलिरहेको छ ।
गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेपछि प्रहरी मुख्यालयमा यस्तो खैलाबैला मच्चिएको हो । मन्त्रिस्तरीय निर्णय भन्दै उनीहरुको सरुवा गरिएको हो । गृहमन्त्री भएदेखि नै प्रहरीमा हस्तक्षेप गरेर विवादित निर्णय गर्दै आएका रवि लामिछानेले बुधबार तीन जना डीआईजीको सरुवा गरे । तर, पनि विवादित नै भयो । यसरी सरुवा गर्दा मापदण्ड के हाे भन्ने प्रश्न संगठनभित्र उब्जिएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार डीआईजी रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय पठाइएको छ । कर्णाली प्रदेश प्रमुख लालमणि आचार्यलाई प्रहरी शिक्षालय भरतपुर काजमा खटाइएको छ । साइबर ब्यूरोबाट अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेशमा पठाइएको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यलाई ५ महिना नपुग्दै सरुवामा परेका हुन् । सामान्यतया सरुवाका लागि एक वर्ष पुग्नुपर्छ । २०८० पुस २४ गते १६ जना डीआईजीको एकसाथ सरुवा गरिएको थियो । त्यतिबेला काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका आचार्यलाई ५ महिना नपुग्दै हटाइएको हो । उनीसँगै जिम्मेवारी पाएका अरू ६ प्रदेशका प्रहरी प्रमुखलाई चलाइएको छैन ।
अर्जुन चन्द ठकुरीले फेरि पनि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि विमानस्थलमा उनी सुरक्षा प्रमुख हुँदा अध्यागमन विभागका कर्मचारी र प्रहरीको विवाद भएको थियो । त्यसपछि बनेको छानविन समितिले प्रहरी नेतृत्वमाथि पनि प्रश्न उठाएको थियो । केही प्रहरीलाई कारबाही सिफारिस समेत गरिएको थियो । त्यसलगत्तै राजीनामा समेत बुझाएका चन्दलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितका उच्च अधिकारीहरूले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए ।
सरुवासँगै गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि डीआईजीलाई नै खटाउने निर्णय गरेका छन् । डीआईजी रामदत्त जोशीलाई काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटाइएको छ । जोशी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत थिए । ब्यूरोबाट प्रदेश समन्वय विभागमा सरुवा गरिए पनि उनलाई काजमा विमानस्थल राखिएको हो ।
यसैगरी हिजोकै मितिमा २० जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको पनि अवधि नपुग्दै सरुवा गरिएको छ । चार महिना पनि नपुग्दै र बिना कारण एसएसपीहरुको सरुवा गरिएपछि प्रहरी संगठनमा कुन नीति, विधि र मापदण्डले काम गर्छ भन्ने कुरामा प्रहरीहरु रनभुल्लमा छन् ।
गृहमन्त्री स्तरीय निर्णय अनुसार विश्व अधिकारी आईजीपी सचिवालयमा आएका छन् भने ईश्वर कार्की मधेशप्रदेश कार्यालय जनकपुरबाट प्रहरी महानिरीक्षक मातहतको अन्वेषण महाशाखामा पुगेका छन् । त्यसैगरी दिनेश कुमार आर्चाय सीआईबीबाट लागूऔषध ब्यूरो प्रमुखमा सरुवा भएका छन् । एसएसपी अरुण पौडेल अख्तियार, डम्बर विक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रमेश कुमार बस्नेत लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, दीप शमशेर जबरा प्रहरी युक्ति महाविद्यालय जर्गाह सिन्धुली सरुवा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार