एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १६:९:४८
१७ जेठ, रुकुमपश्चिम । रुकुमपश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका–१ खलङ्गामा पानीको चरम अभाव भएको छ । विगत एक महिनादेखि जिल्ला सदरमुकाम खलङ्गा, बागबजार, सेरिगाउँलगायत आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो । वैशाख महिनादेखि नियमित खानेपानी नआउँदा पानीको समस्या झेल्नुपरेको मुसिकोट–१ त्रिवेणी चोकमा केटु होटल सञ्चालन गरेका उदिराम खत्रीले जानकारी दिए ।
उनका अनुसार वैशाख महिना सुरु भएसँगै नियमित खानेपानी प्रयोग गर्न सकिएको छैन । “पहिले हरेक दिन दुई घण्टा साँझ बिहान नियमित पानी आउँथ्यो, करिब एक महिना भयो नियमित खानेपानी आएको छैन, एक दिन बिराएर आधा घण्टा पानी आउँछ होटल चलाउन निकै समस्या भएको छ”, खत्रीले भने।
नियमित पानी नआउँदा नजिकैको टटेला मुहानबाट पानी बोकेर गुजारा चलाउनुपरेको उनले सुनाए । खलङ्गामै एकान्त होटल सञ्चालन गर्दै आएकी कान्ता ओलीले खानेपानीको समस्या निकै झेल्नु परिरहेको बताइन् ।
“पहिलेको वर्ष पानीको यस्तो हाहाकार भएको थाहा भएन, यस पटक त निकै समस्या भएको छ, दिनमा एक घण्टा मात्रै पानी आउँछ, सबै भाँडा भर्न पाइँदैन, कहिलेकाहीँ त होटेलमा आउने ग्राहकलाई समेत दिने पानी हुँदैन”, ओलीले भनिन् । पानी अभाव हुँदा सहिद मार्ग नजिकै रहेको मुहानमा गएर पानी लिने गरेको उनले बताइन् ।
मुसिकोटमा होटल सञ्चालन गर्ने व्यवसायीलाई मात्र खानेपानीको समस्या नभएर खलङ्गामा कोठा भाडा लिएर अध्ययन गर्ने विद्यार्थीलाई समेत खानेपानीको समस्या हुने गरेको छ । एक दिन बिराएर बिहान मात्रै खानेपानी आउँदा नियमित सरसफाइमा समस्या हुने गरेको यमुनानन्द नमुना मावि कक्षा ९ मा अध्ययनरत छात्रा गङ्गा पुनले बताइन् । कोठामा पानी जम्मा गर्ने भाँडा नहुँदा समेत आफूलाई बिहान भरेको पानीले दुई दिनसम्म नपुग्दा समस्या हुने गरेको उनको भनाइ छ ।
यस अघिका वर्षमा वैशाख, जेठ महिनामा पानीको यति धेरै समस्या नभएको स्मरण गर्दै खानेपानीको समस्या हुन नदिन मुहानको संरक्षण गरेर उपभोक्तालाई नियमित पानीको व्यवस्था मिलाउनुपर्ने मुसिकोट–१ खलङ्गाकी अन्जना नकाल ओलीले बताइन् । वैशाख जेठ महिनामा खानेपानीको समस्या हुँदा नजिकै मुहान भएका ठाउँमा पनि दिउँसो पालो नपाइने हुँदा रातीमा पानी भर्न जाने समस्या रहेको उनले बताइन् ।
उपभोक्तालाई खानेपानी नियमितका लागि नगरपालिका तथा मुसिकोट खानेपानी उपभोक्ता समितिले चासो देखाउनुपर्ने उनले बताइन् । मुसिकोट खानेपानी सरसफाइ उपभोक्ता समितिमार्फत हाल खलङ्गा, बागबजार, सेरिगाउँ र पिपलनेटासहित एक हजार ७२ बढी उपभोक्ताले पानी प्रयोग गर्दै आएका छन् । यी सबै उपभोक्ताले अहिले नियमित पानी प्रयोग गर्न पाएका छैनन् । यस विषयमा मुसिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भने चैतदेखि मुहान सुक्दै गएपछि उपभोक्तालाई नियमित पानी पु¥याउन नसकिएको जनाएको छ ।
बजारवासीका लागि तीन लाख ५० हजार लिटर क्षमताको ट्याङ्ककी निर्माण भए पनि हाल उक्त ट्यांकीमा दैनिकी एक लाख लिटर मात्र पानी जम्मा हुने गरेको मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिए ।
उनका अुसार ट्यांकीमा जम्मा भएको २० हजार लिटर पानी पाइपमा पुग्दा सम्म सकिने र बाँकी रहेको ८० हजार लिटर पानी वितरण गर्ने गरिएको छ । उक्त पानी बजारवासीका लागि प्रर्याप्त नहुने उनले जानकारी दिए । पानी अभाव भएपछि एक दिन खलङ्गासहित मैदान र पिपलनेटा तथा अर्को दिन बागबजार, सेरिगाउँ लगायतका ठाउँमा वितरण गर्ने गरिएको छ ।
पहिले नियमित साँझ र बिहान पानी वितरण गर्ने गरिएकामा अहिले एक दिन बिराएर बिहान एक घण्टा पानी वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले जानकारी दिए। समितिले मुहानको संरक्षण गरेको उल्लेख गर्दै उनले मुहान सुक्दै गएपछि खानेपानीको समस्या भएको बताए ।
“मुहान नफुट्दासम्म बजारबासीले खानेपानीको समस्या झेल्नुपर्ने देखिन्छ, अहिलेसम्म यसको लागि वैकल्पिक उपाय केही छैन”, उनले भने, “वैशाख जेठमा पनि बजारबासीलाई नियमित रुपमा पानी वितरण गर्न वैकल्पिक उपाय खोजीका बारेमा भने नगरपालिका तथा मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिले चासो देखाएको देखिँदैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार